संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक


१८:२९ बजे
फाइल फोटो

काठमाडौं । संयुक्त लोकतान्त्रिक मोर्चाले भोलि (मंगलबार) दिउँसोका लागि बैठक आह्वान गरेको छ । मंगलबार दिउँसो २ बजे शंखमुल स्थित होटेल ए–वन प्यालेसमा संघीय लोकतान्त्रिक मोर्चाको केन्द्रीय मुल समितिको बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए ।

उनको अनुसार भोलि बस्ने बैठकमा रुपन्देही– ३ मा हुने उपनिर्वाचनबारे छलफल हुनेछ । त्यहाँ मोर्चाले साझा उम्मेदवार उठाउने तयारी गरेको छ । तर मोर्चा घटना जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कुरा मिलेको छैन । बैठकमा निजामती सेवा ऐन र संवैधानिक नियुक्तिबारे पनि छलफल हुनेछ । अहिले मोर्चाको अध्यक्ष वृषेशचन्द्र लाल छन् । मोर्चाको अध्यक्षता सात दलकाबीचमा चक्रीय प्रणालीबाट हुनेछ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७