प्रहरीलाई नेताको घरेलु कामदार बनाइनु आपत्तिजनक : सांसद साह


२२:४७ बजे

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद साहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाए । उनले तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरेका छन् ।

प्रहरीको डीआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानविन गर्न माग गरे । उनले सुरक्षा निकायका उच्च पदस्थ व्यक्तिहरुको घरको सीसीटीभी समेत जाँच गर्नुपर्ने बताए ।

उनले भने, ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरुलाई नेताहरुको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरुलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ? म गृहमन्त्री ज्यूलाई सोध्न चाहन्छु, तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईहरुको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डीआईजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घुरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरुका गाडी पनि प्रहरीले चलाइरहेका छन् । यो कानूनसम्मत हो कि होइन ? अहिले मौजुदा कानून मिल्छ ?’ उनले प्रहरी कर्मचारीहरुको दुरुपयोगको सम्बन्धमा छानविन गर्न समिति गठनको समेत माग गरेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७