भगवान शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री


२०:५१ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने बताएका छन् । आज (सोमबार) काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शिवजीले खेलेका ओडारहरूलाई अहिले हलेसी भन्ने गरिएको बताउँदै उनले हलेसी भएको क्षेत्र चाम्लिङको थलो भएको र भगवान शिव पनि चाम्लिङ हुनसक्ने अनुमान गरे । तर, उक्त विषय आफूले दाबी भने नगरेको उनले बताएका छन् ।

‘शिवजीले खेलेका ओडारहरू जसलाई हलेसी भन्छौं हामी । शिवजी चाम्लिङ थिए की क्या हो जस्तो लाग्छ कहिलेकाहीँ । त्यो चाम्लिङको थलो हो । हलेसी भनेको चाम्लिङको थलो हो,’ प्रधानमन्त्री ओलीले भने, ‘शिवजी चाम्लिङ पनि हुनसक्छन् । म दाबी गर्दिन त्यसमा, मेरो कुनै दाबी होइन । तर अनुमान हो । अथवा अरु पनि हुनसक्छ । पछि माइग्रेट अरु चिजले मिक्सअप भएको पनि हुनसक्छ । तर भेग त्यही हो ।’ प्रधानमन्त्री ओलीले वेदव्यास, कपिलमुनी, गौतम बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७