सर्वोच्च अदालतमा तीन न्यायाधीश नियुक्त

काठमाडौं । सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त भएका छन् । न्याय परिषदको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई नियुक्त गरेको शीतल निवासले जनाएको छ । आजै उनीहरूको नाम संसदीय विशेष सुनुवाइ समितिले अनुमोदन गरेको थियो ।