धरौटी बुझाउन नसकेपछि युनुस अन्सारी कारागार चलान

काठमाडौं । युनुस अन्सारी १५ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका छन् । न्यायाधीश बलराम लम्सालको इजलासले १५ लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो । तर उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । नक्कली नोट प्रकरणमा कैद भुक्तान गरेर रिहा भए लगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललितपुरबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो । यस मुद्दामा युनुससहित चार जना र एक संस्थाविरुद्ध मुद्दा दायर भएको थियो । युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित प्रतिवादीमध्येका युनिसकी श्रीमती सालमा खातुन, प्रमिला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहविरुद्ध मुद्दा दायर भएको थियो ।