स्वदेश फर्कियो नेपाली महिला फुटबल टोली


१७:५६ बजे

काठमाडौं । नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप छनोट खेलेर स्वदेश फर्किएको छ । आफ्नो अन्तिम खेलमा उज्वेकिस्थानसँग टाइब्रेकरमा पराजित भएको नेपाली महिला टोली आज स्वदेश फर्किएको हो ।

छनोटअन्तर्गत निर्णायक खेलमा पराजित भएपछि अर्को वर्ष अस्ट्रेलियामा हुने एसिया कपमा छनोट हुन असफल रह्यो । टाइब्रेकरमा नेपालकी कप्तान सावित्रा भण्डारी र गोलकिपर अन्जना रानामगर गोल गर्न सकेका थिएनन् । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । नेपाली राष्ट्रिय महिला फुटबल टीमकी कप्तान सावित्री भण्डारी साम्बाले एफसी क्वालिफायरमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दागर्दै चाहेको नतिजा निकाल्न नसकेको बताएकी छन् ।

यो नतिजाले आफूहरुलाई लामो समय पिरोल्ने उनले बताएकी छन् । आज स्वदेश फर्किएपश्चात त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो करिअरमा योभन्दा ठूलो प्रतियोगिता अर्को नभएको उल्लेख गरिन् । आफूलाई कप्तानीको जिम्मेवारी दिइएकोप्रति उनले खुशी व्यक्त गरिन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७