पहिलो हाफमा नेपाल ३–१ गोलले पछि, उज्बेकिस्तान १० खेलाडीमा समेटियो

काठमाडौं । एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली पहिलो हाफमा आयोजक उज्वेकिस्तानसँग ३–१ गोल अन्तरले पछि परेको छ ।
खेलको २४औं मिनेटमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को गोलमार्फत खेलमा फर्किने संकेत गरेको नेपालले पहिलो हाफको अन्त्यतिर पुनः अर्को गोल खाएको हो । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले तेस्रो गोल गर्दै आफ्नो अग्रतालाई पुनः दुई गोलको बनाएको हो । यसअघि, खेलको सुरुवाती ११ मिनेटभित्रै दुई गोल खाएर नेपाल दबाबमा आएको थियो । साम्बाको गोलले केही आशा जगाए पनि तेस्रो गोलसँगै नेपाललाई दोस्रो हाफमा खेलमा फर्कन निकै कठिन चुनौती थपिएको छ ।