किसानको आयआर्जन बढाउन बिरुवा वितरण


२०८२ असार १६ सोमबार १७:२५ बजे

भोजपुर । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न जिल्लामा साढे आठ हजार बढी बिरुवा वितरण गरिएको छ । यहाँका किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका बिरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५०  लोड सल्लाको बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । 

जिल्लाका किसान, कृषि तथा जडीबुटी फर्म, वन समूह तथा विभिन्न संस्थालाई मागका आधारमा बिरुवा वितरण गरिएको हो । हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पु¥याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई बिरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ । दिङ्ला, याकु, बालाङखा र जिल्लामा सञ्चालनमा रहेका नर्सरीबाट असार र साउन महिनामा ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

‘हामीले वन क्षेत्रको विकाससँगै यसबाट किसानलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड दिएका छौँ उनले भने, ‘हामीले हालसम्मका साढे आठ  हजार बढी बिरुवा वितरण गरिसकेका छौँ । ८० हजार बिरुवा वितरण गर्ने लक्ष्य लिएका छौँ ।’ राष्ट्रिय वृक्षरोपण दिवश २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा पौवादुङमा गाउँपालिका तथा विभिन्न स्थानमा बिरुवा रोपण कार्यक्रम भइरहेको कार्यालयले जनाएको छ । स्थानीय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी संघ, सरोकारवाला, संस्थाका प्रतिनिधिको सहभागितामा भोजपुर नगरपालिका– ५ मा रहेको भकिम्ले सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाइने कार्यालयको भनाइ छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७