साइबर ब्यूरो पुगिन् एलिना चौहान


२०८२ असार १६ सोमबार ००:११ बजे
फाइल फोटो

काठमाडौं । गायिका एलिना चौहानले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन् । आफूविरुद्ध सामाजिक सञ्जालमा भ्रामक सामग्री सम्प्रेषण गरेर आफ्नो चरित्र हत्या गर्नेविरुद्ध कारबाहीको माग गर्दै चौहानले उजुरी दिएकी हुन् । ब्यूरोका प्रमुख डीआइजी नवीन्द्र अर्यालका अनुसार गायिका चौहान आफैं ब्यूरोमा उपस्थित भएर उजुरी दिएकी हुन् । ‘उहाँले केही व्यक्तिको नामै किटान गरेर विद्युतीय कसुरमा कारबाही गर्न माग गर्दै जाहेरी दिनु भएको हो, हामी अनुसन्धान गर्दैछौं,’ डीआईजी अर्यालले भने, ‘उजुरीको गहिराइमा पुगेर हामी अनुसन्धान गर्छौं ।’

गायिका चौहान र अर्की गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा सामाजिक सञ्जालमा आफूविरुद्ध उच्छृङ्खल सामग्री पोष्ट गर्ने व्यक्तिको फोटो र सामग्रीहरू सार्वजनिक गर्दै आएका छन् । उनीहरूले आफ्नो आत्मसम्मानमा चोट पुग्ने सामग्री पोष्ट गर्नेहरू सार्वजनिक गर्दै आएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत दुवैलाई ‘साहसी छोरीहरू’ भन्दै बधाई दिएका थिए । आफूमाथि अपाच्य शब्द प्रयोग गर्ने, निजी जीवनमै असर गर्ने गरी टिप्पणी गर्ने, मानसिक स्वास्थ्यमाथि नै असर गर्ने खालका कमेन्ट गर्नेहरुलाई १० दिनको ब्रेक लिएरै सजालमा अभियान चलाएको एलिनाले बताइन् । ‘यो अभियानका लागि मैले १० दिनको ब्रेक लिएकी छु । यो बीचमा भएका कार्यक्रमहरुलाई पोस्टपोन्ड गरेकी छु,’ एलिनाले भनिन्, ‘कार्यक्रमहरु नै रोकेर अभियान चलाउनुपर्ने अवस्थामा मलाई पुर्‍र्याइ दिए । मलाई धेरै नै तनाव दिएपछि मैले ब्रेक लिएरै यस्तो अभियान चलाउनु प¥यो मैले ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७