एपिएफलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन

काठमाडौं। टिप टप न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब प्रथम नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मकवानपुरको हेटौंडा ४ हुप्राचौरस्थित भलिबल कोर्टमा बुधबार सम्पन्न फाइनलमा न्यु डायमन्डले विभागीय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
डायमण्डले महिला भलिबल प्रतियोगितामा बि.स. २०७९ पछि च्याम्पियन बनेको हो । डायमण्डले त्यसबेला भएको छैटौं केएनपी महिला भलिबल प्रतियोगितामा एपिएफलाई नै पराजित गर्दै उपाधि जितेको थियो ।
उपाधिसँगै डायमण्डले ट्रफीसँगै ४ लाख ९९ हजार रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको एपिएफले ३ लाख, तेस्रो भएको नेपाल पुलिस क्लबले एक लाख र चौथो भएको गण्डकी प्रदेशले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । बुधबार पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरी तेस्रो स्थान हासिल गरेको छ ।
डायमण्डकी प्रगतिनाथ सेटर, सलिना श्रेष्ठ लिवेरो र कुमार राई उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ च्याम्पियन डायमण्डकी सुमित्रा रेग्मी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै प्रमाण पत्र प्राप्त गरेको छ । गण्डकीकी क्जिना बोटे उदियमान खेलाडी घोषित भइन् । उनले ट्रफीसँगै ५ हजार रुपैया र प्रामणपत्र प्राप्त गरिन् । एपिएफकी निरुता ठगुन्ना स्पाइकर र गरिमा बोहोरा उत्कृष्ट ब्लकर घोषित भइन् । पुलिसकी कोपिना राना सर्भर घोषित भइन् । उनीहरुले समान ५ हजार, ट्रफी र प्रमाण्पत्र प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई बागमती प्रदेशका पुर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलगायतले पुरस्कृत गरे ।
उत्कृष्टहरु
सर्वोत्कृष्ट – सुमित्रा रेग्मी (न्यु डायमण्ड)
लिवेरो – सलिना श्रेष्ठ (न्यु डायमण्ड)
सेटर – प्रगतिनाथ (न्यु डायमण्ड)
उदियमान खेलाडी – रिक्जना बोटे (गण्डकी)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
सर्भर – कोपिला राना (पुलिस)
ब्लकर – गरिमा बोहोरा (एपिएफ)
प्रशिक्षक – कुमार राई (न्यु डायमण्ड)