शिक्षा विधेयकमा देउवासँग छलफल गर्न सानेपा पुगे शिक्षामन्त्री


२०८२ असार १६ सोमबार ०२:०२ बजे

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सत्ता साझेदार नेपाली कांग्रेसको कार्यालय सानेपा पुगेका छन् । विधेयकका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ । शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् ।

नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको थियो । शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाए । मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।
लगत्तै शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् । सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी छ ।

बैठककै बीचमा मन्त्री पन्त पुगेपछि देउवाले भेट गरिरहेका छन् । महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ । यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन । हिजै समितिबाट पारित हुने भने पनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन । विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७