पूर्व प्रधानमन्त्री भट्टराई खोप्लाङमा खेत जोत्दै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराई रोपाईं गर्न आफ्नो गाउँ गोरखाको खोप्लाङ पुगेका छन् । आज असार १५ तथा धान दिवसको अवसर पारेर भट्टराईले पालुङटार नगरपालिकास्थित खोप्लाङको आफ्नै खेतमा रोपाइँ गरेका हुन् ।
त्यहाँ उनले अन्य खेतालासँगै हाते ट्याक्टरले खेत जोते, बाउसे गरे, धानको बिउ पनि रोपेका छन् । त्यस्तै उनले निगालाको चोयाबाट बनेको छत्री पनि लाएर कोदालीले खनिरहेका छन् । आज राष्ट्रिय धान दिवस भएकोले सरकार र विभिन्न संघ संस्थाले पनि धान दिवसमा विभिन्न कार्यक्रम गरेर मनाइरहेका छन् ।