गगन थापालाई बधाई दिँदै बाबुराम भट्टराईले भने : कांग्रेसबाट सुरुवात भयो पुराना दलहरूको पुनर्संरचना


२०८२ माघ १ बिहीबार १३:२६ बजे

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि अन्य दलहरूमा पनि पुनर्संरचनामा बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।

पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना सुरु भएको उनको भनाइ छ। भट्टराईले भनेका छन्, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाई तथा शुभकामना ।’

नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति र पुनर्संरचित दलबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको उनले बताए । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उनको धारणा छ ।

उनले थपेका छन्, ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पुर्‍याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना ।’

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७