अरुण नदीमा बेपत्ता दुई बालिका अझै भेटिएनन्


२०८२ असार १३ शुक्रबार ०७:२४ बजे

भोजपुर । अरुण नदीमा बेपत्ता भएका दुई बालिका अझै भेटिएका छैनन् । उनीहरूको खोजी कार्य भने जारी राखिएको छ ।  हतुवागढी गाउँपालिका–९, मचुवाटारका १३ वर्षीया खुसी राई र १२ वर्षीया कृषिका राई अरुण नदीमा बेपत्ता भएका हुन्।

बुधबार दिउँसो नुहाउन भनेर नदीमा गएका उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । दुवै जना कक्षा ८ का विद्यार्थी हुन् । आफ्ना छोरीहरू बेलुकासम्म घर नआएपछि आफन्तले प्रहरीमा खबर गरेका थिए । आफन्तले खबर गरेसँगै बालिकाहरूको खोजी कार्य सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

नदीमा पानी सतह बढेको जानकारी आए पनि खोजी कार्य तीव्र पारिएको र अहिलेसम्म उनीहरुलाई फेला पर्न नसकिएको डिएसपी  तिमिल्सिनाले बताए । खोजीका लागि धनकुटा, सुनसरी र सप्तरी प्रहरीसँग समन्वय गरिएको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७