बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


२०८२ असार ८ आइतबार १५:३८ बजे

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको भाउ बढेको छ। आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा एक लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो । 

यस्तै आइतबार छापावाल सुन प्रति १० ग्राम एक लाख ६७ हजार ३५५ रुपैयाँ कायम भएको छ। यसैबीच आइतबार चाँदीको मूल्य पनि समान्य बढेको छ। शुक्रबार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७