सांसद थापाको आक्रोश : ७५ करोडमा गणेशमानको सम्मान साट्ने गरी बजेट आयो


२०८२ असार ८ आइतबार २०:३४ बजे

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) का सांसद सूर्य थापाले सत्ता साझेदार नेपाली कांग्रेसप्रति आक्रोश पोखेका छन्। आज (आइतबार) बजेटमाथिको छलफलका क्रममा सांसद थापा कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहप्रति रोष व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्री नै फेर्न आग्रह गरे। ‘को–को मन्त्रीले संयुक्त सरकार हो भनेर हेक्का राखेर काम गर्नुपर्ने हो। यदि त्यो हुन्न भने प्रधानमन्त्री ज्यूले आफ्नो टिमको पुनर्मूल्यांकन गर्नुपर्छ’, उनले भने। उनले अर्को वर्षसम्म अहिलेका सरकारका मन्त्रीहरू नरहन सक्ने समेत बताए। सिंहले आफ्ना बुवा गणेशमानको निष्ठालाई समेत ख्याल नगरेर बजेटमा बेइमानी गरेको थापाको आरोप छ।

‘सहरी विकास मन्त्रालय सबैभन्दा लथालिङ्ग मन्त्रालय बनेको छ। जनताको पक्षमा ध्यान छैन। प्रकाशमान सिंह गणेशमानको छोरा हुनुहुन्छ भन्ने साथीहरूले सुनाउनु भयो। हुनुहुन्छ कि हुनु हुन्न त्यो मलाई थाहा छैन’, थापाले भने। बजेट वितरणमा प्रधामन्त्री ओली र अर्थमन्त्री विष्णु पौडेलले टुक्रे योजनामा बजेट नपार्ने विषयलाई कांग्रेसले ध्यान नदिएको उनको आरोप छ। थापाले ‘जय नेपाल’ भनेकै आधारमा पार्टी कार्यकर्ताले बजेट पाएको आरोप समेत लगाएका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७