६१ किलो सुन काण्ड : पक्राउ परेकी अमलालाई अदालत लगियो


२०८२ असार ८ आइतबार २०:४७ बजे

काठमाडौं । ६१ किलो सुन तस्करी काण्डमा शुक्रबार पक्राउ गरिएकी अमला रोकालाई अदालत लगिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) अन्तर्गतको आर्थिक अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार सरकारी वकिलले बयान लिएपछि उनलाई जिल्ला अदालतमा पेश गरिनेछ । सम्भवतः आजै उनको थुनछेकको बहस हुनेछ।

जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकाली स्रोतका अनुसार उक्त मुद्दा अन्य प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखिएको कारण उनलाई पनि थुनामा पठाउने सम्भावना छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार जाँचबाट २०८० साउन २ गते बाहिरिएको एक क्वीन्टल सुन प्रकरणमा प्रत्यक्ष र महत्वपूर्ण भूमिकामा रहेकी अमला रोकाका पति दावा छिरिङसहितका प्रतिवादी अहिले पनि पुर्पक्षका लागि थुनामा राखिएका छन्।

तिब्बती मूलका बेल्जियम नागरिक दावाले अमलाकै सहयोगमा काभ्रेबाट नेपाली नागरिकता लिएको अनुसन्धानबाट खुलेको छ। १९ दिनपछि थप अनुसन्धानका लागि भन्दै विभागले सीआईबीलाई फाइल बुझाएको थियो। अमला रोल्पाकी माओवादी नेतृ समेत हुन्। रोकासँग विवाह गरेपछि सुन तस्करीमा संलग्न दावा छिरिङले माओवादी नेताहरुसँग सम्बन्ध बनाएका थिए।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७