नयाँदिल्ली हुँदै खाडी मुलुक जान लागेका पाँच जना पक्राउ


२०८२ असार ४ बुधबार ०१:०६ बजे

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैध रूपमा भारतीय नाका हुँदै खाडी मुलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीबाट खटिएका सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्ने क्रममा अवैध बाटो हुँदै खाडी मुलुक कुवेत र ओमन जान लागेका उनीहरूलाई पक्राउ गरेको हो।

‘पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन जाने बताएका छन् भने रोल्पाका दुई महिला नयाँ दिल्लीमार्फत खाडीमुलुक जान लागेको बताएका छन्’, सशस्त्र प्रहरी बल नेपाल बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतले भने, ‘उनीहरुलाई भारत लैजान लागेको आशंकामा चितवन माडी नगरपालिका–८ का दीपक खड्कालाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौं।’

सशस्त्र प्रहरीले इलामका दुई जना महिलाको साथबाट भिसा नभएको दुई वटा राहदानी समेत फेला पारेको छ। सशस्त्र प्रहरीले आवश्यक सोधपुछ गरेसँगै पक्राउ परेका पाँचै जनालाई आवश्यक कागजात तयार पारेर बुधबार नै इलाका प्रहरी कार्यालय ठोरीलाई हस्तान्तरण गरेको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७