बाढीले मेलम्चीमा अस्थायी पुल बगायो


२०८२ असार ३ मंगलबार १५:०३ बजे

काभ्रे । लगातारको वर्षापछि आएको बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा अस्थायी पुल बगाएको छ । गए रातिको वर्षाका कारण मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको हो।पुलमा क्षति पुर्‍याएपछि मेलम्ची नगरपालिका–७ र ८, हेलम्बु गाउँपालिका–२ र ३ तथा पाँचपोखरी–१ र २ वडाका वासिन्दा प्रभावित भएका छन्।

वर्षा रोकिएपछि तत्कालै पुलको मर्मत थालिने मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताए । २०७८ को बाढीले पक्की पुल बगाएपछि ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो। तर, वर्षायाम सुरु भएसँगै प्रत्येक वर्ष मेलम्ची नदी आसपास क्षेत्र स्थानीय प्रभावित हुँदै आएको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७