तत्काल तेहरानबाट निस्कन सर्वसाधरणलाई ट्रम्पको आग्रह


२०८२ असार ३ मंगलबार १९:११ बजे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन आग्रह गरेका छन्।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनको  चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले त्यस्तो आग्रह गरेका हुन्। ‘सबैले तुरुन्त तेहरान छोड्नु पर्छ ! ’ ट्रम्पले क्यानाडामा भएको जी–७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन्। 

ट्रम्पले विस्तृत विवरण भने दिएनन्। इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन्। इजरायलले इरानमा आक्रमणहरू बढाएको बेला यो चेतावनी आएको छ। इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ। इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दाहरूलाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो। इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसंख्यालाई विस्थापित गरेको छ। रासस / एएफपी
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७