रास्वपाले माग्यो गृहमन्त्रीको राजीनामा र न्यायिक छानविन आयोग


२०८२ असार ३ मंगलबार २०:३९ बजे

 काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाई दोषीमाथि कारबाही गर्न माग गरेको छ। आज प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद चन्दा कार्की भण्डारीले उक्त माग दोहोर्‍याएकी हुन्। उनले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने समेत बताइन्।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका हुन् । सभामुखले सदनको कारबाही शुरु गरेसँगै उनीहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागन विभाग र गृह मन्त्रालय समेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन्।

उनले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताइन् । आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ। उनले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताइन्। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाई दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गरिन् । सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरूले अपराधी नभनेको बताइन्।

भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन्। रास्वपा र राप्रपाले आज पनि संसद् अवरोध जारी राखेका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा दुवै पार्टीका सांसदहरूले उठेर विरोध जनाएका थिए। सभामुखले सदनको कारबाही सुरु गरेलगत्तै उनीहरूले उठेर विरोध जनाएका थिए। विरोधपछि सभामुख घिमिरेले संसद वैठक ३० मिनेटका लागि स्थगित गरेका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७