श्रीमती भेट्न होटल पुगेका युवकको मृत्यु


२०८२ असार ३ मंगलबार १९:२५ बजे

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा श्रीमती भेट्न पुगेका एक युवक मृत फेला परेका छन्। होटलको छतबाट लडी गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको हो। हेटौंडा उपमहानगरपालिका–१२ पदमपोखरी घर भई हाल हेटौंडा–१० बसपार्कस्थित रोशन होटल एण्ड लजमा बस्दै आएका ३० वर्षीय अमित मोक्तानको मृत्यु भएको हो। प्रहरीका अनुसार उनकी श्रीमती ममता प्रजा होटलमा काम गर्थिन्।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी शुआमु अर्यालका अनुसार असार २ गते करिब १०ः२० बजेको समयमा मोक्तान होटलको तेस्रो तलामा गएका बेला अचानक बाहिरी रेलिङबाट खसेर घाइते भएका थिए । घटनाको बारेमा जानकारी पाए लगत्तै प्रहरी चौकी बसपार्कबाट प्रहरी निरीक्षक विमल ढुगेलको कमाण्डमा खटिएको टोलीले घाइते अवस्थाका मोक्तानलाई उद्धार गरी तत्काल हेटौंडा अस्पताल पठाएको थियो।

दुवै हातमा चोट देखिएको र भित्री चोट गम्भीर भएको भन्दै प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि रातिनै चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उनको उपचारका क्रममा चिकित्सक मृत घोषणा गरेका थिए । प्रारम्भिक अनुसन्धानबाट घटना शंकास्पद नदेखिएको डिएसपी अर्याल बताउँछन्। मृतक मोक्तानको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७