बुहारीको हत्या गरी प्रहरीकोमा पुगे ससुरा


२०८२ जेठ ९ शुक्रबार ०१:३२ बजे

रामेछाप । रामेछापको मन्थली नगरपालिका–१२ गेलु सिक्रालमा ससुराले खुकुरी प्रहार गरी बुहारीको हत्या गरेका छन् । शुक्रबार साँझ आफ्नो बच्चा लिन घर आएकी बुहारी अन्दाजी वर्ष २८ कि पवित्रा बुढाथोकीलाई ससुरा ६१ वर्षका शम्भु बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

बुहारीको हत्यापछि ससुराले खिम्ती प्रहरी चौकीमा आत्मसमर्पण गरेको स्थानीय ध्रुव बुढाथोकीले जानकारी दिए । मृतक पवित्राका श्रीमान खम्बबहादुर बुढाथोकीले गत साउनमा आत्महत्या गरेका थिए। स्थानीयका अनुसार छोराले आत्महत्या गरेपछि बुहारीको कारण छोरा मरेको भन्दै ससुराले आरोप लगाउँदै आएका थिए।

पवित्राको ९ वर्षको छोरा ससुरासँगै बस्दै आएका थिए। घटनाबारे जानकारी पाएपछि आफूहरू घटनास्थलमा गइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७