शशांकको आग्रह : सभापतिमा उठ्छु, दरिलो साथ चाहियो


२०८२ जेठ ९ शुक्रबार ०३:११ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका पूर्व महामन्त्री शशांक कोइरालाले आउँदो महाधिवेशनमा सभापतिमा उठ्ने बताएका छन् । उनलाई भेट्न निवासमा पुगेको नेपाल प्रजातन्त्र सेनानी संघको टोलीसँग उनले १५ औं महाधिवेशनमा सभापति उठ्ने भन्दै साथ दिनका लागि आग्रह गरेका हुन् । 

भेटका क्रममा प्रजातन्त्र सेनानीहरूले अहिले पार्टी बिग्रिएको गुनासो गर्दै पार्टी बचाउनका लागि अब सभापतिमा अघि बढ्न उनीसँग आग्रह गरेका थिए । ‘१५ औं महाधिवेशनमा सभापति उठ्छु । तपाईंहरूको दरिलो साथ चाहियो,’ जवाफमा उनले भने । 

भेटका क्रममा उनले प्रजातन्त्र सेनानीहरूले देशमा लोकतन्त्र ल्याउनलाई ठुलो योगदान नै नेपाल प्रजातन्त्र सेनानी संघको रहेको भन्दै राज्यले सम्मान गर्नुपर्नेमा त्यसो हुन नसके भन्दै असन्तुष्टि जनाएका थिए । प्रजातन्त्र सेनानीहरूसँग उनले प्रजातन्त्रको सुदृढीकरण, प्रजातन्त्र सेनानीहरूको सम्मान र पुराना नेता कार्यकर्ताको संरक्षण र अवसरमा समान सहभागिताका लागि पनि आफूले नेतृत्व गर्न चाहेको कोइरालाले बताए ।

काठमाडौंमा बसेको संघको २ दिनको बैठकको निर्णय सुनाउँदै अध्यक्ष बालकृष्ण दाहालले पार्टीमा वडा तहदेखि प्रजातन्त्र सेनानीहरूको प्रतिनिधित्व सुनिश्चितत सहितको मागपत्र पनि कोइरालालाई हस्तान्तरण गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७