ओलीलाई भेट्न किन गएनन् देउवा ?


२०८२ जेठ ५ सोमबार ००:१३ बजे

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज (सोमबार) साँझ भेटवार्ता सम्भव भएन । सत्ता साझेदार दलका दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ताको तयारी थियो । तर, ओली भेट्न देउवा गएनन् । दुई नेता भेटका निम्ति मन्त्रिपरिषद् बैठक स्थगन गरिएको थियो । तर, देउवा नआएको बालुवाटार स्रोतले जनाएको छ ।

दुई नेताबीच नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा छलफलको तयारी थियो । देउवा नजानुको कारण भने खुलाइएको छैन ।  अहिलेसम्म मन्त्रिपरिषद् बैठक बस्ने कुनै जानकारी प्राप्त नभएको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बताएका छन् ।

मन्त्रिपरिषद् बैठकको अनिश्चयसँगै गभर्नर नियुक्ति पनि अनिश्चित बनेको छ । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ १ गतेको पत्रकार सम्मेलनमा ४ दिनभित्रै गभर्नर नियुक्त गरिसक्ने दाबी गरेका थिए । गत चैत २५ गतेयता केन्द्रीय बैंक नेतृत्वविहीन छ ।  विभिन्न स्वार्थ समूहको दाउपेच र सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेको नेतृत्व तहमा कुरा नमिल्दा गभर्नर नियुक्ति प्रभावित हुँदै आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७