जमिन भासिएर बेपत्ता गाडीको १९ दिनपछि भेटियो पार्टपुर्जा


२०८२ जेठ ६ मंगलबार ०२:२४ बजे

हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ गैरीगाउँस्थित बोरिङमा १९ दिनअघि भासिएर बेपत्ता बोलेरो गाडीका केही पार्टपुर्जा मंगलवार फेला परेका छन् । क्रेन र स्काभेटर प्रयोग गरी गाडीको खोजी तथा उद्धारका क्रममा बोलेरोको केही पार्टपुर्जा भेटिएको हो ।

गत वैशाख १९ गते दिउँसो करिब १२ः५० बजे ना ४ च ४८३३ नम्बरको माछा बोक्ने खाली बोलेरो गाडी अचानक भासिएर उक्त बोरिङमा गायब भएको थियो । निरन्तरको खोजतलासमा सफलता नमिलेपछि भूगर्भ विभाग, काठमाडौँबाट खटिएको टोलीले वैशाख २३ र जेठ २ गते स्थलगत अनुसन्धान गरी माटो परीक्षणका लागि नमुना संकलन गरेको थियो ।

सोही टोलीले सतर्कता अपनाएर उत्खनन् गर्न सकिने सुझाव दिएपछि मंगलवार दिउँसो १२ः१५ बजेदेखि वडाध्यक्ष रामकृष्ण कोइरालाको नेतृत्वमा क्रेन र स्काभेटर परिचालन गरी खोजी सुरु गरिएको हो । उत्खननका क्रममा गाडीका केही भागहरू निकालिएका र निकाल्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिका १६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको सक्रियतामा क्रेन र स्काभेटरको सहयोगमा हराएको बोलेरो गाडीको निकालिने कार्य भइरहेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७