एमाले नेतृत्वमाथि माओवादीले आक्रमण गरिरहेको छ : शंकर पोखरेल


२०८२ जेठ ९ शुक्रबार ०५:२८ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरलले नेकपा एमाले र पार्टीको नेतृत्वलाई नेकपा (माओवादी केन्द्र) ले आक्रमण गरिरहेको आरोप लगाएका छन् । कास्कीमा राष्ट्रिय युवा संघ नेपालको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले सो टिप्पणी गरेका हुन् । नेकपा एमाले पार्टी र पार्टीको नेतृत्वमा हमला गर्ने काम माओवादीले गरिरहेको उनले बताए ।

‘आज हाम्रो पार्टीका विरुद्ध जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । कसका तर्फबाट भइरहेको छ भन्ने कुरालाई हामीले विश्लेषण र विवेचना गर्ने हो भने सबैभन्दा धेरै हाम्रो पार्टी र हाम्रो पार्टीका नेतृत्वको विरुद्धमा नेकपा माओवादी र तिनका कार्यकर्ताहरू अत्यन्त आक्रामक रुपमा प्रस्तुत भइरहेको पाउने गर्दछाै‌,’ उनले भने ।

उनीहरूको उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्नु रहेको उनको भनाइ थियो । अहिलेको सरकारले बिग्रिएको नेपालको अर्थतन्त्र सुधार गरिरहेको दाबी उनले गरे । ‘हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वका विरुद्धमा जुन हमला भइरहेको छ । जुन प्रकारको घेराबन्दी र आक्रमण भइरहेको छ । त्यसबाट हामीले के कुरा बुझ्नुपर्छ भने हाम्रा विरोधीहरुले जुन हिसावले हाम्रो विरोध गरिरहेका छन् । त्यो आलोचनाको अन्तर्य के हो भन्नेकुरा बुझ्नु पर्दछ । जसको ध्येय, उद्देश्य नै नेकपा एमालेलाई कमजोर र समाप्त पार्ने रहेको छ, उनीहरूले गर्ने आलोचनाबाट हाम्रो पार्टी पंक्ति उद्वेलित हुनु हुँदैन,’ महासचिव पोखरेलले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७