रविको रिटमा आदेश आउँदै गर्दा सर्वोच्चमा रास्वपा कार्यकर्ताको भीड


२०८२ जेठ ९ शुक्रबार ०२:५३ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश आउनुअघि सर्वोच्च अदालतको गेटमा पार्टीका कार्यकर्ता र समर्थकको भिड लागेको छ । लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएर केहीबेरमा आदेश आउँदैछ ।

तर लमिछानेको मुद्दामा आदेश आउने प्रतीक्षा लम्बिइरहेको छ । अहिले सर्वोच्च अदालत परिसरमा रास्वपा कार्यकर्ताहरु आदेश सुन्न भीड लागेका छन् । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालले ढोका थुनेर आदेशलाई अन्तिम रुप दिइरहेका छन् । उनीहरुसँग इजलास अधिकृत मात्रै रहेको स्रोतले जानकारी दिएको छ । बाहिर कार्यकर्ताहरुले होहल्ला गरिरहेका छन् ।

त्यस्तै, सञ्चारकर्मीहरुको पनि बाक्लो उपस्थिति छ । रवि पत्नी निकिता पनि अदालतमै छिन् । यसैबीच सुरक्षाकर्मीहरु पनि ठूलो संख्यामा उपस्थिति रहेको छ । सुप्रिम सहकारी सम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।

उनकी पत्नी निकिता पौडेलले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार सुनुवाइ सकिएको हो । लगत्तै आजै आदेश आउने बताइएको छ । उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर रविलाई थुनामा पठाएको थियो ।


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७