५० सय र १००० को नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय


२०८२ जेठ ७ बुधबार २०:३७ बजे

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग शपथ ग्रहण गरेपछि पौडेल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका हुन् । पौडेललाई राष्ट्र बैंकका कर्मचारीले स्वागत गरेका थिए । गर्भनर पौडेलले नोट छपाइका लागि नोटको डिजाइन सम्बन्धी पहिलो निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यभार सुरु गरेका छन् । पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा ५० र १००० का नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका छन् ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए। ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने । गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७