एक सातापछि घोडाले पुर्‍याउँदै तिलगाउँमा राहत


२०८२ जेठ ७ बुधबार ०२:०२ बजे

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ तिलगाउँमा आज राहत सामग्री पुर्‍याइएको छ । यही जेठ १ गते राति गएको बाढीपहिरो पीडितका लागि सातदिन पछि आज राहत सामग्री पुर्‍याइएको हो । 

पहिरोको जोखिममा रहेका १९ घरपरिवारका लागि नाम्खा गाउँपालिका, उद्योग वाणिज्य संघ, ‘आधार नेपाल’ नामक संस्थाको टोली राहत सामग्री लिएर तिलगाउँमा पुगेको हो । राहत सामग्रीसँगै नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामा पनि तिला गाउँ पुगेका छन् । 

बाढीपहिरो पीडितका लागि प्रमुख समस्या गाँस, बास र कपास  भएकाले आवश्यक सामग्री आज बिहान पुर्‍याइएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । उनीहरुलाई १० क्विन्टल चामल, १०० लिटर तेल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, एक क्विन्टल चिउरा, एक क्विन्टल भुजा, चिया, आलुको बीउ, सागसब्जीको बीउ, साबुन, औषधि, सिमेन्ट पुर्‍याइएको प्रजिअ पाण्डेयले बताए । 

यसैगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा आज राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेको छ। कम्बल, त्रिपाल, म्याट्रेस लिएर अध्यक्ष गणेश महत त्यसतर्फ लागेका हुन् । त्यसैगरी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाले एक हजार ८०० मिटर खानेपानीको पाइप सहयोग गरेको छ । तिलगाउँका १९ घरपरिवारका ३३ जना त्रिपाल मुनि बस्दै आएका छन् । उक्त राहत सामग्री हल्जी गाउँदेखि गाडी पुग्ने ठाउँसम्म गाडीमा र त्यसपछि भरिया, घोडा र खच्चडलाई बोकाएर तिलगाउँमा पुर्‍याइएको हो । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७