सत्य निरुपणमा थापा र बेपत्ता छानविन आयोगमा गड्तौला सिफारिस

काठमाडौं । सरकारले गठन गरेको सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस भएको आयोग सम्वद्ध स्रोतले जनाएको छ। सिफारिस समितिका संयोजक समेत रहेका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले भने, ‘समितिले नाम सिफारिस गरेको छ । ती नामहरू अहिले गोप्य राखिएको छ । बाँकी सरकारले नै निर्णय गर्ला।’
समिति सम्वद्ध स्रोतले भने सत्य निरुपणमा थापा र बेपत्तामा गड्तौलाको नाम सिफारिस भएको बतायो । यसअघि द्वन्द्वपीडितहरूले भागबण्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै प्रक्रियामा असहमति जनाएका थिए ।