सत्य निरुपण र बेपत्ता छानबिन पदाधिकारी : पूर्व प्रधानन्यायाधीशदेखि पूर्व मुख्यसचिवसम्मको आवेदन (सूची)


२०८२ बैशाख १० मंगलबार १५:४९ बजे

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीका लागि १११ जनाको नाममा आवेदन परेको छ। व्यक्तिगत रुपमा ८२ जना र संस्थागत रुपमा २९ जनाको नामबाट सिफारिस समिति समक्ष आवेदन परेको हो । कानुन मन्त्रालय मातहतको नाम सिफारिस समितिको सचिवालयले वैशाख ८ गतेको निर्णयबाट आयोगका अध्यक्ष र सदस्य पदका लागि परेका आवेदनको आधारमा नामावली सार्वजनिक गरेको हो ।

आवेदन दिनेहरुमा बाँकेका विजयसिंह सिजापति, प्युठानका डिल्लीराज आचार्य, धनुषाका नोगन्द्रलाल कर्ण, झापाका अग्निप्रसाद थपलिया, धादिङका गोपालप्रसाद लम्साल, पाल्पाका विश्वराज कोइराला, भक्तपुरका उमेश प्रसाद, काठमाडौंकी रेश्मा थापाले दुवै आयोगका अध्यक्ष र सदस्य पदमा आवेदन दिएका छन्। यस्ते झापाका प्रा. डा. विष्णु पाठकले दुवै आयोगको अध्यक्ष पदमा मात्र आवेदन दिएका छन् । जाजरकोटका अच्युत प्रसाद भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको मात्र अध्यक्ष र सदस्य पदमा आवेदन दिएका छन् ।

यस्तै अरु आवेदकहरुमा धादिङका राजेन्द्र सेन्चुरी, बझाङका सुन्दरबहादुर स्नेही (सेनी), इलामका कृष्णप्रसाद सुवेदी, बाँकेका गोपालनाथ योगी, कास्कीका विनोद मोहन आचार्य, डडेलधुराका कृष्णदत्त जोशी, कपिलवस्तुका डा. भेषराज आचार्य, बागलुङका कुलप्रसाद शर्मा, ललितपुरकी श्रीजना पोखरेल लगायत छन्। 

संस्थागत सिफारिसबाट मन्दिरा शर्माको नाम पहिलो नम्बरमा छ । उनको नामबाट सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्ष र सदस्य दुवै पदमा आवेदन परेको छ । लिलादेवी गड्तौला र पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नाम दुवै आयोगको अध्यक्षको रुपमा संस्थागत सिफारिसमा परेको छ । संक्रमणकालीन न्यायसँग सम्बिन्धत अयाोग २०७९ साउनदेखि नै पदाधिकारीविहीन छन् ।

यस्तै पूर्व न्यायाधीश गिरिशचन्द्र लाल, वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, कुलचन्द्र गौतम, कृष्ण खनाल, केदारभक्त माथेमा, हरिहर वस्ती, शम्भुराम सिम्खडा, विपिन अधिकारीको नामबाट दुवै आयोगको अध्यक्ष र सदस्य पदमा आवेदन परेको छ । दुवै आयोगको अध्यक्ष र सदस्य पदमा आवेदन दिने अन्यमा सानुराज पोखरेल, डिल्लीराम मैनाली, गोपालकृष्ण घिमिरे, विष्णुमाया भुषाल, मिलन श्रेष्ठ, शान्तिदेवी खनाल, खिमलाल देवकोटा, शुसिला चौधरी छन् । यस्तै नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष बनाउन भनेर संस्थागत सिफारिससहित आवेदन परेको छ। सदस्यको रुपमा राजुप्रसाद चापागाईं, सन्तोष सिग्देल, रुम्मिणी महर्जन, सुमन अधिकारी, लक्ष्मी पोखरेल, दिनेश त्रिपाठी, राजु बारिस्ठा र डा. रामकुमार भण्डारीको नामबाट आवेदन परेको छ।

हेर्नुस् सूची
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७