बजेट अधिवेशनअघि कार्य व्यवस्था परामर्श समिति बैठक सुुरु

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बजेट अधिवेशनको पहिलो दिनको बैठकअघि कार्यव्यवस्थाको बैठक बसेको हो । संसद् बैठक आजै दिउँसो १ बजे बस्ने तय भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले कार्य व्यवस्था परामर्श समितिको बैठक राखेका हुन् ।
सभामुखले सदनलाई प्रभावकारी बनाउनेबारे छलफल गरेका हुन् । संघीय संसद्का दुवै सदनको बजेट अधिवेशन आज अपराह्न १ बजेदेखि आरम्भ हुँदैछ । अधिवेशनको पहिलो दिन विभिन्न राजनीतिक दलका नेतालाई दलीय आधारमा बोल्ने छन् । प्रधानमन्त्री केपी ओलीले पनि आजै बोल्न तय भए पनि अन्तिम समयमा आएर स्थगित भएको छ ।