म्यानमारबाट फर्किएको सेनाको टोलीलाई जङ्गी अड्डामा सम्मान


२०८२ बैशाख १ आइतबार ०८:२० बजे

काठमाडौं । म्यानमारमा विनाशकारी भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारका लागि खटिई स्वदेश फर्किएको नेपाली सेनाको टोलीलाई सम्मान गरिएको छ । 

नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जा २३ जनालाई प्रधानसेनापति अशोक राज सिग्देलले आइतबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति प्रशंसा निसानद्वारा सम्मान गरेका छन् । 

म्यानमारमा गएको विनाशकारी भूकम्पमा घाइते भएकाहरूलाई तत्काल स्वास्थ्य उपचार प्रदान गर्नका लागि नेपाल सरकारको निर्णय बमोजिम नेपाली सेनाको चिकित्सकीय, बन्दोबस्ती सहायता र क्रु मेम्बरसहितको टोली चैत २० गते म्यानमार प्रस्थान गरेको थियो । यो टोली  चैत २९ गते स्वदेश फिर्ता भएको थियो ।

शल्यक्रिया विशेषज्ञ, हाड जोर्नी विशेषज्ञ, मेडिकल अधिकृत, नर्स तथा प्यारामेडिकसहित खटिएको टोलीले म्यानमारको म्याण्डलेस्थित यामथिन शहरमा स्वास्थ्य शिविर स्थापना गरी १३३ जनाको शल्यक्रिया, २४८ जनाको हाड जोर्नी सम्बन्धी उपचार र ९६५ जना बिरामीलाई ओपीडी सेवा प्रदान गरेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७