‘सिकिन्दर’ माथि सेन्सर बोर्डले किन लगायो २६ सिनमा कैंची ?

मुम्बइ । बलिउड सुपरस्टार सलमान खानले आफ्नो कुनै पनि फिल्मको घोषणा गर्ने बित्तिकै फ्यानहरूको प्रतीक्षा सुरु हुन्छ । उनका फिल्महरू हिट होस् वा फ्लप, भाइजानले ईदमा थिएटरहरूमा सबैभन्दा बढी भार राख्ने गरेका छन् ।
दबंग खानले पनि आफ्ना फ्यानहरूलाई निराश पार्दैनन् । गत वर्ष भाइजान पर्दामा नआएपछि उनका फ्यानहरू अलिकति निराश भएका थिए तर सलमानले २०२५ को इदमा उनीसँग अवश्य भेट्ने वाचा पनि गरेका थिए । यो भयो पनि किनभने सुपरस्टार सलमान खानको फिल्म ‘सिकन्दर’ यो इदमा रिलिज हुँदैछ, जसको गीतदेखि लिएर ट्रेलर–टिजरसम्म सबै रिलिज भइसकेको छ ।
दर्शकको उत्साहका बीच र रिलिज हुन केही दिन मात्रै बाँकी रहेको ‘सिकन्दर’ अब सेन्सर बोर्डबाट पास भइसकेको छ तर फिल्ममा धेरै परिवर्तन पनि गरिएको छ । कुन दृश्यहरूमा सेन्सर बोर्डले कैंची प्रयोग ग¥यो र सिकन्दरले कति मिनेट रनटाइम पाएको छ त ? बलिउड हंगामाका अनुसार सेन्सर बोर्डले रश्मिका मन्डन्ना र सलमान खानको फिल्मबाट जम्मा २६ दृष्य काटेको छ । ट्रेलरमा रश्मिका मन्डन्नाले गाएको ‘अजिब दास्तां है ये’ गीतलाई पनि ११ सेकेन्डले छोटो पारिएको छ ।
यस बाहेक फिल्ममा सलमान खानका केही दमदार संवादहरू जस्तै ‘अफर औकात के बहर था,’ ‘चार मिस कल, चलो राजकोट’ ‘उससे लेकर आता हूं’, ‘आ गए आ गये, बेड हैसबैन्ड’ लाई छोटो पारिएको छ भने केहीलाई फिल्मबाट पूर्ण रूपमा हटाइयो । यति मात्र होइन, सेन्सर बोर्डले ‘होम मिनिस्टर’बाट ‘होम’ शब्द हटाउन पनि निर्मातालाई निर्देशन दिएको छ । यसबाहेक, केन्द्रीय फिल्म प्रमाणीकरण बोर्डको टोलीले राजनीतिक दलका होर्डिङहरू धमिलो पार्न निर्देशन दिएको छ ।
सिकन्दरले सेन्सर बोर्डबाट १५० मिनेटको रनटाइम पाएका थिए तर सो सर्टिफिकेट पाएपछि निर्माताले स्वेच्छाले १४ मिनेट २८ सेकेन्डका दृश्यहरू फिल्मबाट हटाएका छन । अब फिल्मको कुल रन टाइम १३५ मिनेट ४७ सेकेन्ड रहनेछ । यो चलचित्रले सेन्सर बोर्डबाट यूए १३ रेटिङ पाएको छ । यद्यपि, निर्माताहरूले प्रमाणपत्रको बारेमा कुनै आधिकारिक जानकारी साझा भने अझै गरिसकेका छैनन् । एआर मुरुगादास निर्देशित ‘सिकन्दर’ मा पहिलो पटक सलमान खानसँग रश्मिका मन्डन्नाको जोडी दर्शकले हेर्न पाउने छन् । यसका साथै फिल्ममा काजल अग्रवाल, शरमन जोशी र अञ्जली धवन पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । चलचित्र मार्च ३० मा हलमा रिलिज हुनेछ ।