राष्ट्रिय सभा बैठक पनि स्थगित


२०८१ चैत १३ बुधबार ०३:५३ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी दलको अवरोधकै कारण राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ । दिउँसो ३ः४५ बजे बैठक सुरु हुनासाथ प्रतिपक्षी सांसदहरू उठेर अवरोध गरेपछि बैठक स्थगित गरिएको हो ।

सभामुख नारायण दाहालले बारम्बार अवरोध हटाएर छलफलमा फर्किन आग्रह गरे पनि प्रतिपक्षीले नमानेपछि उनले बैठक स्थगित गर्ने घोषणा गरे । अब राष्ट्रियसभा बैठक चैत १४ गते बिहीबार दिउँसो १२ः४५ बजे बस्नेछ ।

यसअघि दिउँसो १ः१५ बजे सुरु भएको बैठक प्रतिपक्षीको अवरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो । तर, विशेष कारणबस निर्धारित समयमा बैठक बस्न नसक्ने भन्दै संसद् सचिवालयले बैठकको समय परिवर्तन गरी ३ः४५ मा बोलाएको थियो ।

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका सांसदहरूले लगातार अवरोध गरिरहेका छन् । उनीहरूले बैठक सुरु हुनासाथ रोष्ट्रम घेराउ गर्दै विरोध जनाएपछि बैठक चल्न सकेन । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७