अदालतमा बाढी पसेपछि सुनुवाइ नै स्थगित


२०८१ माघ ३० बुधबार १९:१७ बजे

काठमाडौं । काठमाडौंको बबरमहलमा मेलम्चीको पाइप फुटेपछि अदालतका सुनुवाइ नै स्थगित भएको छ । मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेपछि जिल्ला अदालत काठमाडौं र विशेष अदालतमा पानी पसेको हो । पानी पसेपछि सुनुवाइ नै स्थगित भएको विशेष अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मीले जानकारी दिए ।

उनका अनुसार पानी पसेपछि बाहिर निस्किन सक्ने अवस्था छैन । ‘साढे दुई बजेपछि अदालत परिसरमा पानी पस्यो । केहीबेरमा अदालतभित्रै पनि पानी पस्यो,’ रेग्मीले भने, ‘फाँटमा पनि पानी पसेपछि सुनुवाइहरू स्थगित गर्नुपर्‍यो ।’ अदालतमा न्यायाधीशहरू पनि त्यहीं फसेका छन् । अहिले सुरक्षाकर्मीहरू त्यहाँ पुगेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७