चर्च ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’ को फाइनलमा


२०८१ माघ ३० बुधबार १९:५३ बजे

काठमाडौँ । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले हरायो। पुलिसका सञ्जीव लामाले गोल गरे । पोखरा गोल्डकपमा आजको खेल २५०औं हो । २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट यो प्रतियोगिता शुरू भएको थियो ।

पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । फाइनल खेल फागुन ३ गते शनिवार हुनेछ । २४औं संस्करणको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७