सांसद बलायरको प्रश्न : सुदूरपश्चिम प्रदेशले कहिले पाउँछ राजधानी ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशले अहिलेसम्म राजधानी नपाएको विषयमा संघीय सरकारको जवाफ मागेका छन् ।
सोमबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रदलेशसभाले राजधानी तोके पनि कामकारबाही धनगढीबाटै भइरहेको भन्दै जवाफ माग गरेका हुन् । परदेशसभाले राजधानी गोदावरीलाई तोकेको थियो ।
‘गएको सुदूरपश्चिम प्रदेशसभाले सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ मा घोषणा गर्यो । त्यहाँको प्रदेशसभाले राजधानी तोक्यो,’ उनले भने, ‘तर अहिलेसम्म सुदूरपश्चिमले राजधानी नपाउनुको अर्थ के हो ? यसको उत्तर कसले दिने हो ?’