माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्टको पुनर्वहाली


२०८२ जेठ २ शुक्रबार १०:०९ बजे

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा माओवादीको संसदीय दलको नेतृत्व फेरिएको छ । अब यो जिम्मेवारी खगराज भट्टले सम्हाल्ने भएका छन् । डडेल्धुराको भू तथा जलाधार कार्यालयको गेस्ट हाउसमा बिहीबार राति आयोजित बैठकले भट्टलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको हो ।

बैठक माओवादी केन्द्र बैतडीको पाटनबाट सुरु गर्न लागेको ‘जनतासँग माओवादी : मध्यपहाडी लोकमार्ग’ अभियानको उद्घाटनको पूर्व सन्ध्यामा बसेको थियो । उक्त बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरू सहभागी थिए । डडेल्धुरा जिल्ला कार्यसमितिका संयोजक उमेश भट्टका अनुसार बैठकले बहुमतबाट पूर्व नेता मानबहादुर धामीलाई हटाउँदै भट्टलाई पुनः दलको नेता चयन गरेको हो ।

यसअघि २०८० माघ १२ गते खगराज भट्टलाई हटाएर धामीलाई दलको नेता बनाइएको थियो । तर, त्यसबेलादेखि अध्यक्ष दाहालले संसदीय दलको नेतृत्व फेरबदल गर्न निर्देशन दिँदै आएका थिए । उनका लिखित र मौखिक निर्देशनहरू पटक–पटक बेवास्ता भएपछि अन्ततः दाहालले आफैं डडेल्धुरा पुगेर नेतृत्व परिवर्तनको निर्णय गराएका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७