फर्पिङ स्कुल बस दुर्घटना : चालक र एक विद्यार्थीको मृत्यु, यी हुन् ३९ घाइते (नामावली)


२०८१ माघ २७ आइतबार २०:४८ बजे

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आज दिउँसो भएको विद्यालय बस दुर्घटना हुँदा एक विद्यार्थी र चालकको मृत्यु भएको छ । ८ वर्षका बालक विपिन श्रेष्ठको ट्रमा सेन्टरमा र सवारी चालक ३५ वर्षका राधाकृष्ण मगरको दक्षिणकाली नगर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनाका ३९ घाइतेलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । उक्त दुर्घटनापछि उद्धारको काम सकिएको र केही घाइतेलाई आफन्तले समेत उपचारका लागि लगेको उनले बताए ।

अन्य ३९ जनाको भने विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विद्यालयको छुट्टी भएर घर जाने क्रममा भन्ज्याङमा जुनकिरी इङ्लिस स्कुलको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बा १ क ५६६४ नम्बरको उक्त बसमा ८ कक्षासम्मका विद्यार्थी सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

घाइतेहरूको नामावली
मनमोहन अस्पताल फर्पिङमा उपचारार्थ
१. काठमाडौँ दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १४ का सुशन तामाङ (अवस्था सामान्य) १७ः३५  बजे डिस्चार्ज 

२. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १७ की अनुष्का मानन्धर (अवस्था सामान्य)

३. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष १० का आरुष मानन्धर (अवस्था सामान्य)

४. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ७ की रियाना तामाङ (अवस्था सामान्य)

५. दक्षिणकाली नगरपालिका वडा नं ४ बस्ने वर्ष ४ की सहारा श्रेष्ठ (अवस्था सामान्य)    

कीर्तिपुर अस्पताल
१. वर्ष ८ की निकुल श्रेष्ठ

२. वर्ष ४ की सान्वि श्रेष्ठ

३. वर्ष ५ की सकुशल श्रेष्ठ

४. वर्ष १० की आरोशी मिश्रा

५. वर्ष १२ की गञ्जन रमतेल

ट्रमा सेन्टर काठमाडौँ
१. वर्ष १० का मिसन श्रेष्ठ

२. वर्ष २ का अभ्यान महर्जन

३. वर्ष ७ की एन्जल सुस्लिङ 

४. वर्ष १० की सृष्टि तामाङ

५. वर्ष ९ की स्वर्णिम श्रेष्ठ

६. वर्ष ३ की कबिन राई

७. वर्ष ११ का विलशन श्रेष्ठ

८. वर्ष ६ का मन्जिल राई

९.वर्ष  ३ की कमला श्रेष्ठ (शिक्षिका)

१०. वर्ष ३ का आयात श्रेष्ठ

मेडिसिटी अस्पताल, भैंसेपाटी, ललितपुर
१. वर्ष ५ की वैभव खड्का

२. वर्ष ७ का प्रज्ज्वल बस्याल

३. वर्ष १२ का सुमित श्रेष्ठ

४. वर्ष ५ की स्नेहा बस्याल

५. वर्ष ११ की रक्षा गिरी

६. वर्ष २ की समिरा बस्याल

७. वर्ष ६ का प्रणजित खड्का

दक्षिणकाली नगरअस्पताल चाल्नाखेल
१. वर्ष ८ की सृष्टि थापा

२.वर्ष ७ की दिपशिका तामाङ

३.वर्ष ७ की कृजिया बस्याल

४.वर्ष ५ की एमि रोक्का

बयोधा अस्पताल बल्खु
१.वर्ष ११ की सोनिया केसी

२. वर्ष १२ की आराध्या मिश्रा

३. वर्ष १२ का विगेश श्रेष्ठ

४. वर्ष १२ की सिसम थापा

सहिद मेमोरियल अस्पताल, कलंकी
१. वर्ष ५० की सुमित्रा केसी (अवस्था सामान्य)

२. वर्ष ३ की एड्रिना केसी (अवस्था सामान्य)

३. वर्ष ७ की संस्कृति तिमिल्सिना (अवस्था सामान्य)

नर्भिक अस्पताल, थापाथली
१. वर्ष ११ की दीपक्षिका श्रेष्ठ
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७