डोल्पाको जुफाल एअरपोर्टमा सीता एयरको जहाज दुर्घटना

सात विदेशी र छ नेपाली यात्रु सुरक्षित


२०८३ असोज ८ बिहीबार ११:०२ बजे
तस्बिर : नेपाल फाेटाे सर्भिस ।

सुर्खेत : डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ। जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन्।

नेपालगन्जबाट जुफालका लागि उडेको जहाज बिहीबार बिहान ८:२५ बजे अवतरण गर्ने क्रममा धावनमार्गमै पाङ्ग्रा खुस्किएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक (डिएसपी) अनिल राज गिरीका अनुसार जहाजमा ७ जना विदेशी र ६ जना नेपाली गरी १३ यात्रु थिए। यात्रुमध्ये ११ जना पुरुष र दुई जना महिला रहेको उनले जानकारी दिए।

जुफाल विमानस्थल प्रमुख मुकुन्द पौडेलका अनुसार अवतरणका क्रममा जहाजको पछाडिको पाङ्ग्रा खुस्किएको हो। जहाज अहिले पनि धावनमार्गमै रहेको र प्राविधिक टोलीले जाँच गरिरहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जहाजमा सामान्य समस्या देखिएको र सबै यात्रु सुरक्षित रहेको जानकारी दिइन्।

जहाजको प्राविधिक परीक्षण तथा आवश्यक मर्मतका लागि हेलिकोप्टरमार्फत इन्जिनियर ल्याउने तयारी भइरहेको विमानस्थल प्रमुख पौडेलले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७