हिउँदे अधिवेशनको पहिलो बैठकमै रास्वपाको अवरोध, माग्यो विशेष समय


१६:४० बजे

काठमाडौं । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमै विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेको छ । आज (शुक्रबार) देखि सुरु भएको बैठकको सुरुमै रास्वपा सांसदहरू उठेर विरोध जनाएका हुन् । 

सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न लाग्दा रास्वपा सांसदहरूले उठेर विरोध जनाएका हुन्। उनीहरूलाई सभामुखले पटक पटक आसन ग्रहण गरी कार्यसूची अघि बढ्न आग्रह गरे । पहिलो दिनको बैठकमा दलीय आधारमा धारणा राख्ने प्रबन्ध गरिएको भन्दै त्यमी क्रममा आफ्नो विषय राख्न भन्दै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा आकस्मिक समय माग गरेको छ । सभामुखले बैठक सुरु भएको जानकारीसहित राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने तयारी गरेसँगै रास्वपाका सांसदहरूले उठेर आकस्मिक समयको माग गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७