नेपाल एकीकरण भाग–२ को दायित्व ओली सरकारको काँधमा : योगेश भट्टराई

‘प्रचण्डले तीन पटक अध्यादेश ल्याउनु भयो, १४ कानुन संशोधन गर्नुभयो’


१८:३३ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको सांस्कृतिक एकीकरणको जिम्मेवारी वर्तमान केपी शर्मा ओली सरकारको काँधमा रहेको बताएका छन् । आज (शुक्रबार) बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा दलीय आधारमा एमालेका तर्फबाट बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । 

‘पृथ्वीनारायण शाहले भौगोलिक एकीकरण गर्नुभएको थियो,’ भट्टराईले भने, ‘यो देशको सामाजिक एकतालाई अझ मजबुत बनाउँदै, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्दै यो देशको समृद्धि हासिल गर्ने दिशामा नेपालको एकीकरणको भाग–२ को ऐतिहासिक जिम्मेवारी यो सरकारसँग छ भन्ने  कुरा हामीले बुझ्नुपर्छ ।’ यो अवधिमा केही आशा गर्ने काम भएको उनले दाबी गरे । अर्थतन्त्रमा पनि सकारात्मक सन्देश देखिएको पनि उनले बताए । 

‘प्रचण्डले तीन पटक अध्यादेश ल्याउनु भयो, १४ कानुन संशोधन गर्नुभयो’
एमाले सचिव योगेश भट्टराईले नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओली नेतृत्वको सरकार मात्र नभएको बताएका छन् ।  प्रतिनिधिसभा बैठकमा दलीय प्रतिनिधित्वका आधारमा धारणा राख्दै भट्टराईले अध्यादेशहरू कस्तो अवस्थामा आउँछन् भन्ने कुरा सबैलाई थाहा भएको बताए । 

उनले भने, ‘..त्यो हामी सबैलाई थाहा छ । संविधान बनाउने शक्ति सबै यही छौँ । नेपालमा अध्यादेश ल्याउने सरकार केपी ओलीको मात्र होइन । ’ उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेलामा ७९ को निर्वाचनपछि ३ पटक अध्यादेश ल्याएको बताए । 

उनले थपे, ‘झण्डै १४ वटा कानुन संशोधन गर्नुभयो । मिटर ब्याज, लगानी सम्मेलनलगायतमा अध्यादेश आयो’, उनले अध्यादेशका कन्टेन्टमा प्रतिस्थापन विधेयकमा संशोधन प्रस्ताव ल्याउन प्रचण्डलाई आग्रह गरे । उनले २०७८ को अध्यादेशको स्मरण गर्दै अध्यादेशको बाढी आएको र पार्टीहरू फुटाएको भन्दै अध्यादेशबाट जन्मिएको पार्टीले अहिले अध्यादेश गलत भनिरहेको भन्दै अचम्म लागेको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७