झाँक्री प्रकाश भुजेल धरौटीमा रिहा


२०८१ माघ ११ शुक्रबार ०१:३४ बजे

काठमाडौं । सवारी दुर्घटनापछि पुर्पक्षमा जेल चलान भएका झाँक्री प्रकाश भुजेल धरौटीमा रिहा भएका छन् ।
उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार दुई लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएपछि आज (शुक्रबार) उनी उक्त रकम तिरेर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

काठमाडौँको ब्रम्हखेलमा जीप दुर्घटना गराएका भुजेललाई जिल्ला अदालत काठमाडौंले गत मंसिरमा थुनामा पठाउन आदेश दिएको थियो । गत कात्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जीपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको थियोे । भुजेललाई पुर्पक्षमा जेल चलान गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेशविरुद्ध उनका परिवारले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७