माओवादीको प्रश्न : समितिमा छलफलमा रहेको विधेयकलाई अध्यादेशका रुपमा ल्याउन मिल्छ ?


१८:४८ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को समितिमा छलफलमा रहेको विधेयकलाई फिर्ता नै नलिइकन नै अध्यादेश ल्याउने सरकारको प्रक्रिया उचित नभएको बताएका छन्।

तिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै संसद्लाई प्रभावकारी बनाउने भन्दा पनि संसद्लाई छलेर जान खोज्ने प्रवृत्ति देखिएको आरोप लगाए । प्राकृतिक विपद्का कारण बिपी राजमार्ग, पूर्वपश्चिम राजमार्गमा नागरिकले कष्टकर जीवनयापन गर्नु परेको उल्लेख गर्दै उनले भूकम्पबाट पीडित नागरिकले प्रभावकारी राहत पाउन नसकेको गुनासो गरे । शान्ति प्रक्रियाको काम अगाडि बढ्न नसकेकामा असन्तुष्टि जनाउँदै सांसद पाण्डेले संक्रमणकालीन न्यायसँग जोडिएका आयोग गठनमा किन ढिलाइ भएको हो ? भन्ने प्रश्न गरे ।

उनले महँगी नियन्त्रणमा सरकार चुकेको, निर्माण सामग्रीको चर्को मूल्यवृद्धि भएको, सहकारीपीडितले आफ्नो बचत फिर्ता पाउन नसकेको यथार्थ पेस गर्दै सरकार कतै देखिन नसकेको भनाइ राखे । सङ्घीयता कार्यान्वयनसँग जोडिएका विधेयक लामो समयसम्म समितिमा रोकिँदा समस्या खडा भएको उल्लेख गर्दै उनले कसको कारणले जटिलता पैदा भएको हो भन्ने प्रश्न गरे । ‘सरकार बाढी पहिरोको बेला असफल भएको छ । शान्ति प्रक्रियाका बाँकाम काम अघि बढाउन आयोग बनेका छैनन् । बेपत्ता परिवारको पीडा अनदेखा गरेको हो ? शान्ति प्रक्रिायका काम अघि बढाउन आग्रह गर्छु,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपाउने बताए पनि भुटानी शरणार्थीलगायतका काण्डले भने गिज्याइरहेको प्रमुख सचेतक पाण्डेको भनाइ छ । ‘प्रधानमन्त्रीले आफू भष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने सकारात्मक छ । तर भुटानी शरणार्थीलगायत जति काण्ड भइरहेका छन् । तिनीहरुले गिज्याइरहेका छन्,’ उनले भने, ‘सुशासनका मामिलामा सरकार जसरी जानुपर्ने हो, जान सकिरहेको छ ।’ सरकारले सत्तापक्ष र प्रतिपक्षलाई काखापाखा गर्ने काम गरिरहेको पनि पाण्डेले बताए । सभामुख देवराज घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टीका कुरा नसुनेकामा पनि पाण्डेले दुःख व्यक्त गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७