संसदमा प्रधानमन्त्रीको सम्वोधन : सरकारका मेनुदेखि संविधान संशोधनको मार्गचित्रसम्म (पूर्णपाठ)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ कानुन बनाएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने दाबी गरेका छन् । प्रतिनिधिसभाको पाँचौ अधिवेशनको पहिलो दिनको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही प्रतिपक्ष हुनु नपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा संविधान संशोधनको सम्भावित मार्गचित्रदेखि सरकारको ‘मेन्यु’ मा के छ र के छैन भनेर स्पष्ट पारेका छन् । यस क्रममा उनले दलहरू विभाजन गर्ने सरकारको कार्यसूचीमा नरहेको बताए । यस्तै अध्यादेश ल्याउनुपर्नाका ६ वटा कारण दिएका छन् ।
‘सदनमा हामी कोही सरकार पक्ष छौं, कोही प्रतिपक्ष छौं । जनताका हितमा, राष्ट्रलाई अलमलबाट तीव्र गतिको विकासमा लैजान कोही किन प्रतिपक्ष हुनै पर्छ ? संसद्को यस अधिवेशनले आवश्यक नयाँ कानुन दिएर विकासको रफ्तारलाई तीव्रता दिन नयाँ रेकर्ड राख्ने छ भन्ने विश्वास गर्दछु ।’
उनले अब ८० को दशक समृद्धिको दशक हुनुपर्ने दाबी गरे । यो समयलाई खेर नफालौं । अबको दशकलाई विकासको दशक बनाऔं र देशलाई स्थिरता दिऔं । उनले भने,‘८० को दशक समृद्धिको दशक हुनु पर्छ । यो समयलाई खेर नफालौं । अबको दशकलाई विकासको दशक वनाऔं र देशलाई स्थिरता दिऔं ।’
ओलीले एउटै कानुनी व्यवस्था राखेर चाहे अनुसारको विकासको काम गर्न नसकिने बताए । उनले भने, ‘अर्बौ अर्बका ठेक्का लागेका वा लाग्नु पर्ने परियोजना र लाख या केही करोडमा सकिने विकास निर्माणका कामका लागि एउटै कानुनी व्यवस्था राखेर हामीले चाहे अनुसारको विकासको काम गर्न सकिंदैन ।’
प्रधानमन्त्रीको सम्बोधनको पूर्णपाठ