सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्न सक्छौँ : नेता सिटौला


१८:४८ बजे

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सहमति, सहकार्य र एकताको भावनाले मात्र देश निर्माणको अभियानमा काम गर्नसक्ने बताएका छन् । राष्ट्रियसभाको आजदेखि सुरु भएको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै नेता सिटौलाले देश बनाउने जिम्मा पाउँदा देश र जनताको हितमा कति काम गरेँ भन्ने कुरा प्रष्टसँग जनतालाई भन्नसक्ने हिसाबकिताब आफूसित हुनुपर्ने बताए । 

उनले भने, ‘संविधान कार्यान्वयनबाट जनतालाई हामीले जे उपलब्धि दिने भनेका छौँ, त्यो दिन सक्यौँ कि सकेनौँ भन्ने गम्भीरतापूर्वक समीक्षा गर्न सकौँ । जहाँ कमजोरी भएको छ त्यसलाई हामीले सुधार गरेर अघि बढ्न सकौँ । त्यही बाटोमा एकताबद्ध रुपमा हिँड्न सकौँ ।’ उनले सत्तामा रहँदा एउटा कुरा तथा प्रतिपक्षमा हुँदा अर्को कुरा बोल्नु उपयुक्त नभएको र आफ्नो कार्यकालमा देश र जनताको हितमा व्यापक काम गर्न सकियोस् भन्ने भावना राख्नुपर्ने बताए ।

अझै पनि सबैको समग्र मानसिकता संघीयताबमोजिम अधिकारको विकेन्द्रीकरण हुन नसकेको नेता सिटौलाको भनाइ थियो । उनले भने, ‘अहिले पनि हाम्रो मानसिकता केन्द्रीकृत शासन प्रणालीमा अड्किएको छ । पार्टी सञ्चालन गर्दा होस् वा राज्य सञ्चालन गर्दा केन्द्रकृीत भावना नै देखिन्छ । स्थानीय सरकारले काम गर्नसक्ने अवस्था देखिएको छैन । पार्टीको सङ्कुचित भावनाले माथि उठेर काम गर्न सकेका छैनौँ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७