हङकङमा जुम्लाकी सुनमायाले जितिन् अल्ट्रा म्याराथनको उपाधि


२०८१ माघ ६ आइतबार १७:२८ बजे

काठमाडौं । हङकङमा आयोजित एक सय किलोमिटर अल्ट्रा म्याराथनको उपाधि जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । पातारासी गाउँपालिका–२ पेर गाउँकी सुनमायाले एक सय किलोमिटर दूरीको म्याराथन ११ घण्टा ११ मिनेट ४७ सेकेण्डमा पूरा गरिन् ।

उनले स्लोभाकीयाकी भेरोनिका लेङलाई १४ मिनेट २५ सेकेण्डको अन्तरले उछिनेकी हुन् । भेरोनिका ११ घण्टा २५ मिनेट २२ सेकेण्डका निर्धारित दुरी पार गर्दै दोस्रो भइन् । भियतनामकी हा थी हाउ १२ घण्टा ९ मिनेट ३७ सेकेण्डमा एक सय किलोमिटर दुरी पार गर्दै तेस्रो भइन् ।

एक सय किलोमिटर जस्तो चुनौतीपूर्ण दौडमा सुनमायाले देखाएको प्रदर्शन सबैका लागि प्रेरणादायी बनेको कर्णाली खेलकुद क्लवका अध्यक्ष सरोज शाहीले बताए । ‘सुनमायाको जीत प्रतिस्पर्धा जित्नेसम्म मात्र सीमित रहेन । सबै कोर्षको रेकर्ड तोडेर नयाँ उचाइमा आफ्नो नाम दर्ज गर्न सफल भइन्,’ उनले भने ।

सुनमायाले दौडको सुरुवाती देखि नै आफूलाई सन्तुलित बनाइन् । ‘हङकङको भूगोल, थकान र अनिश्चित मौसमले रोक्न सकेन् । सुनमायाको सहनशीलता, धैर्यता र मानसिक तयारीले मात्र यो जीत हासिल भएको हो’, विश्व कीर्तिमानी धावक रोकायाले सुनाइन् । 

अल्ट्रा धाविका सुनमायाले आफूले उपयोग गरेको समय, मेहनत, प्रतिबद्धता र अनवरत संघर्षको प्रतिफल भएको बताइन् । ‘हङकङ म्याराथनमा मैले पाएको सफलता व्यक्तिगत पक्कै पनि होइन । समग्र देशको सफलता हो,’ सुनमायाले भनिन्, ‘म अझै रोकिने छैन । अनवरत कोशिस जारी रहनेछ ।’ दुर्गम गाउँमा जन्मिएर अन्र्तराष्ट्रिय मञ्चमा नाम चिनाउन सफल भएकी सुनमायाको सफलता नेपाली महिलाहरूका लाथि थप प्रेरणा भएको प्रशिक्षक विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले बताए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७