छविलाल जोशीलाई हिरासतमा पठाउन अदालतको आदेश


२०८१ माघ ६ आइतबार १९:५५ बजे

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई प्रहरी हिरासतमा पठाइएको छ । थुनछेक बहस नसकिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीलाई प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो ।

बयान सकिएर आजै सरकारी वकिलले बहस पनि गरेका छन् । तर उनको तर्फबाट पनि बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब सोमबार बहस सकिएपछि थुनछेक आदेश हुने अदालतले जनाएको छ ।

सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका जोशी आइतबार बिहान जिल्ला अदालतमा हाजिर भएका हुन् । थुनछेक बहस पुरा नभएसम्म उनलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिने छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भइसकेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७